३१ जेठ २०८३, आइतबार

नमूना मतदानमा शततप्रतिशत मत सदर

कात्तिक १७, २०७९
नमूना मतदानमा शततप्रतिशत मत सदर

आसन्न निर्वाचनको तयारीलाई लक्षित गरी आज कैलालीको सुख्खडमा गरिएको नमूना मतदानमा शतप्रतिशत मत सदर भएको छ ।

सुख्खडस्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमूना मतदानमा ४२ खसेकामा सबै मत सदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

प्रदेश निर्वाचन कार्यालयको पहलमा भएको नमूना मतदानमा घोडाघाडी नगरपालिकाका प्रमुख खड्क रावत र उपप्रमुख गुलियादेवी चौधरीलगायत गाउँघरमा खटिइरहने स्वास्थ्य स्वयंसेविका, पालिकाका कर्मचारीलगायत सहभागी भएका थिए । 

सो अवसरमा नगरप्रमुख रावतले नमूना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत सङ्ख्या घट्ने बताए । निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले यही मङ्सिर ४ गते हुने निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदान सम्बन्धमा जानकारी दिने उद्देश्यले नमूना मतदान गरिएको बताए । जिल्लाका अन्य ठाउँमा पनि नमूना मतदानको तयारी गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्