३० असार २०८३, मंगलबार

मुख्यमन्त्री पोखरेलले गरे गण्डकीको मन्त्रिपरिषद्मा हेरफेर

कात्तिक २२, २०७९
मुख्यमन्त्री पोखरेलले गरे गण्डकीको मन्त्रिपरिषद्मा हेरफेर
फाइल फोटो

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर भएको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम २०६८ जेठ २९ मा गठन भई विभिन्न मितिमा हेरफेर तथा कार्यविभाजन भएको मौजुदा मन्त्रिपरिषद्मा मुख्यमन्त्रीको सिफारिसमा हेरफेर गरी कार्यविभाजन गरेका प्रदेश प्रमुखको कार्यालयद्वारा मंगलवार जारी सूचनामा जनाइएको छ ।

मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन अनुसार यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका हरिशरण आचार्य हालको मन्त्रिपरिषद्मा रहेका छैनन् ।

उनले सम्हालेको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगै राखिएको छ ।

अन्य मन्त्रालयको जिम्मेवारी भने पूर्ववत् मन्त्रीहरूकै जिम्मामा रहेको छ । यसअघि विना विभागीयमन्त्रीमा नियुक्त भएका आचार्यले असार ११ गते ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

उनी गत निर्वाचनमा गोरखा जिल्लाबाट डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँशक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा विजयी बनेका थिए । अहिलेको निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका आचार्यले पछि उम्मेदवारी फिर्ता लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्