१० साउन २०८३, आइतबार

सीजीको जाडो मौसम विशेष नयाँ प्रोडक्टहरू बजारमा

कात्तिक २३, २०७९
सीजीको जाडो मौसम विशेष नयाँ प्रोडक्टहरू बजारमा

नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. तथा सी.जी. अन्तर्गतको सी.जी. मेरिडियाले यस जाडो मौसमको समयमा आप्mना ग्राहकहरूलाई उपयुक्त हुने नयाँ, अपग्रेडेड प्रोडक्ट रेन्जहरू बजारमा ल्याएको छ । 

सीजीका अत्याधुनिक सामाग्रीहरूका साथ जाडोको मौसममा चिसोलाई टाढा राख्न सजिलो हुने कम्पनीले जनाएको छ ।

आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटीका सामानसँगै नेपालको आप्mनै ब्राण्ड सीजीको विश्वास पाई ग्राहकवर्गहरू ढुक्कले यस जाडोको किनमेल गर्न सकिने कम्पनीको भनाइ छ । 

चिसो मौसमलाई मध्यनजर गर्दै सीजीले इलेक्ट्रिक केटल, गिजर, हिटर, ए.सी., थर्मस, डिस्पेन्सर, वाशिङ्ग मेशिन तथा माइक्रोवेभ ओभनहरू लगायतका सामाग्रीहरूमा नयाँ लाइनअपहरू थपेको छ । 

चिसो मौसममा चिसो पानीले लुगा धुन बाट बच्न सीजी वाशिङ्ग मेशिनको प्रयोग गरी जाडोबाट बच्न सकिन्छ भने चिसो भएको खानेकुरा शीघ्र नै तताउन सी.जी. माइक्रेवेभ ओभनको उपयोग गर्न सकिन्छ । त्यसैगरी कोठाहरूलाई न्यानो राख्न अत्याधुनिक ए.सी.लगायत विभिन्न प्रकारका ओ.एफ.आर. तथा ह्यालोजिन हिटर, पी.टी.सी. फ्यान हिटर, कार्बन हिटर, ग्यास तथा इलेक्ट्रक हिटर तथा फ्यान हिटरहरू उपलब्ध रहेको कम्पनीको भनाइ छ । 

कम्पनीका अनुसार, जाडो मौसममा चिसो पानीले नुहाउने समस्याबाट जोगिन विभिन्न किसिमका इलेक्ट्रक गिजर तथा ग्यास गिजर उपलब्ध छन् । 

तातो पानी पिउनका लागि विभिन्न डिजाइनका डेस्कटप तथा स्ट्यान्डिङ्ग डिस्पेन्सर उपलब्ध छन् भने पानी तातो बनाइराख्न २.० लिटर देखि ३.२ लिटरसम्मको क्षमता भएको प्लास्टिक तथा स्टीलका थर्मस उपलब्ध छन् । साथै पानी उमाल्नकै लागि वाटर बोइलर लगायत हट पट तथा केटल पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ् । 
 

salt training

कमेन्ट गर्नुहोस्