
बलिउड अभिनेता सन्नी देओल, सञ्जय दत्त, ज्याकी श्राफ र मिथुन चक्रवर्ती नयाँ फिल्ममा सँगै देखिने भएका छन् ।
बुधवार सनीले इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै यसबारे जानकारी गराएका हुन् ।
फिल्मको नाम छनौट हुन बाँकी नै रहेको बताइएको छ ।
यद्यपि फर्स्ट लुक भने सन्नीले सार्वजनिक गरेका छन् ।
रिपोर्टका अनुसार यो फिल्म एक्सन ड्रामा हो ।
चलचित्रलाई विवेक चौहानले निर्देशन गर्ने बताइएको छ ।
फिल्मलाई अहमद खानले निर्माण गरिरहेका छन् ।