×

NMB BANK
NIC ASIA

विभिन्न स्थानमा भएकाे दुर्घटनामा ८ जनाको मृत्यु

कात्तिक २४, २०७९

NTC
Premier Steels

देशभरका विभिन्न स्थानमा भएको दुर्घटनामा ८ जनाको निधन भएको छ । 

Muktinath Bank

प्रहरीले बिहीबार जारी गरेको बुटेलिन अनुसार, मोटरसाइकल, ट्याक्टर र जीप दुर्घटनामा उनीहरूको निधन भएको हो । काठमाडौं महानगरपालिका–३ चक्रपथ नारायणगोपाल चोकमा  ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको निधन भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधबार ना. ८ ख. १८४१ नम्बरको ट्रकले बा.प्र. ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई बुधबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको छ । 


Advertisment
Nabil box
Kumari

स्कुटर चालक कास्की मादी गाउँपालिका–९ बस्ने ४७ वर्षीय बेल बहादुर राना मगर र सोही ठाउँ बस्ने ४१ वर्षीया कल्पना राना मगरको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । 

Vianet communication

त्यसैगरी, बाराको पचौरौता नगरपालिका–८ नहरको बाटोमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको  । प्र.२–०३००१ त ४९९१ नम्बरको धान बोकेको ट्याक्टर खेतबाट बाटोमा उकालो चढाउने क्रममा पल्टिएर बुधबार साँझ ट्याक्टर चालक स्वर्ण गाउँपालिका–३ का २७ वर्षीय जवाहीर सहनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।  

बाराकै महागढीमाई नगरपालिका–२ पत्रहटी चोकमा मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

ईनर्वाबाट कलैयातर्फ जाँदै गरेको प्र.३–०२–०११ प ८३७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पर्सा धोबिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय बिन्देश्वर सहनीको मृत्यु भएको प्रहरीले बताएको छ । उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

उता हुम्लामा जिप दुर्घटना हुँदा नाम्खा गाउँपालिका–५ का २८ वर्षीय कुङगा तेन्जिन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु प्रहरीले बताएको छ ।    

मकवानपुरको बकैया गाउँपालिका–४ छतिवनस्थित सडकमा हेटौंडाबाट हातिसुडेतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा बागमती गाउँपालिका–५ बगेरी बस्ने २७ वर्षीय सत्यमान घिसिङको घटनास्थलमै मृत्य भएको प्रहरीले बताएको छ ।

दैलेख, भैरवी गाउँपालिका–५ गिताचौरस्थित सडकमा ट्याक्टरको ठक्करबाट पैदलयात्री ५३ वर्षीय लालबहादुर शाहीको बुधबार राति मृत्यु भएको प्रहरीले बताएको छ ।    

बाँके कोहलपुर नगरपालिका–१३ स्थित सडकमा बिग्रिएर रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा गएराति बैजनाथ गाउँपालिका–५ जि गाउँ बस्ने ३० वर्षीय गणेश योगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x