३० असार २०८३, मंगलबार

एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम आउँदै

कात्तिक २६, २०७९
एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम आउँदै
फाइल फोटो

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शनिवार सुदूरपश्चिम आउँदैछन् ।

अध्यक्ष ओली शनिवार २ जिल्लाका ३ चुनावी सभालाई सम्बोधन गर्ने एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।

उनका अनुसार डोटीको दिपायल, कैलालीको अत्तरिया र लम्कीमा आयोजना हुने कार्यक्रमलाई ओलीले सम्बोधन गर्नेछन् । 

शनिवार बिहान ११ बजे दिपायलको कार्यक्रम सम्बोधन गरेर ओलीले २ बजे गोदावरीको अत्तरिया र ४ बजे लम्कीचुहाको लम्कीमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्ने जनाइएको छ । तीनै सभामा अध्यक्ष ओलीसहित केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले पनि सम्बोधन गर्नेछन् ।

यसअघि कात्तिक १८ गते ओलीले दार्चुला, बैतडी र कञ्चनपुरका चुनावी सभालाई सम्बोधन गरेका थिए । भारतले कब्जा गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गरेको भन्दै ओलीले निर्वाचन प्रचारप्रसारलाई सुदूरपश्चिमबाटै थालेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्