११ साउन २०८३, सोमबार

राष्ट्रिय क्रिकेटका कप्तान रोहितलाई प्रधानमन्त्री देउवाले दिए बधाई

कात्तिक २६, २०७९
राष्ट्रिय क्रिकेटका कप्तान रोहितलाई प्रधानमन्त्री देउवाले दिए बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहित पौडेललाई बधाई दिएका छन्।

प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जालमार्फत कप्तान पौडेललाई बधाई दिएका हुन् । 

उनले कप्तान पौडेलको नेतृत्वमा  नेपाली क्रिकेटले अझै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

पौडेललाई हिजो नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको हो ।

पूर्व कप्तान सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ गते उनलाई बर्खास्त गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्