
दक्षिण भारतीय सुपरस्टार सामन्था रुथ प्रभु पछिल्ला केही दिनदेखि चर्चामा छिन् ।
उनले आफू बिरामी रहेको खबर मिडियामा बताएपछि उनको चर्चा भएको थियो ।
उनलाई मायोसाइटिस रोगबाट पीडित भएको बताइएको थियो ।
अभिनेत्री सामन्थाले सामाजिक सञ्जालदमा यो पोस्ट शेयर गर्दा उनका पूर्वपति नागा चैतन्य र उनका बुवा नागार्जुनले भेट्ने योजना बनाएको बताएका थिए ।
यसपछि चलचित्र जगत्मा सामन्था र उनका पूर्व पति नागा चैतन्यको भेटको चर्चा चलेको थियो ।
नागाले सो घटना पछि सामन्थालाई फोन गरेर स्वास्थ्यबारे जानकारी लिएको बताइएको छ ।
बलिउड लाइफको रिपोर्ट अनुसार सामन्था र नागा चैतन्य दुवैको सम्बन्धविच्छेददेखि नै एकअर्कासँग व्यावसायिक व्यवहार छ।
दुवैले सँगै प्रोजेक्ट गर्दा पनि देख्न सकिने बताइएको छ ।
अर्थात् फ्यानले एकपटक फेरि दुवैको जोडीलाई ठूलो पर्दामा हेर्न पाउने बताइएको छ ।
नागा र सामन्थाको जोडीले ‘ओह बेबी’, ‘मजिली’ र ‘ये माया चेसावे’ जस्ता हिट फिल्म दिएका थिए ।
उनीहरूले सन् २०२१ मा सम्बन्ध विच्छेद गरेका थिए ।