०७ साउन २०८३, बिहीबार

बझाङ केन्द्रबिन्दु भएर फेरि ५.४ म्याग्निच्युडको भूकम्प

कात्तिक २६, २०७९
बझाङ केन्द्रबिन्दु भएर फेरि ५.४ म्याग्निच्युडको भूकम्प

बझाङ केन्द्रबिन्दु भएर शनिबार राति ५.४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो । 
भूकम्पको धक्का सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा महसुस भएको थियो ।

यसअघि कात्तिक २३ गते डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट ६ जनाको मृत्यु हुनुका साथै भौतिक संरचनाहरुमा क्षति पुगेको थियो । पछिल्लो समय सुदूरपश्चिममा पटक पटक भूकम्पको धक्का महसुश भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्