०४ असार २०८३, बिहीबार

संसदमा उठ्यो आवाज, भारत अर्को नाकाबन्दीको पूर्वअभ्यास गर्दैछ ?

कात्तिक २०, २०७४
संसदमा उठ्यो आवाज, भारत अर्को नाकाबन्दीको पूर्वअभ्यास गर्दैछ ?

काठमाडौं २५ साउन– भारतले नेपालसँग सीमा जोडिएको दोस्रो ठूलो नाका रुपन्देहीको सुनौली नाकामा अबरोध गरेर अर्को नाकाबन्दीको पूर्वअभ्यास गरेको भन्दै संसदमा आवाज उठेको छ ।

व्यबस्थापिका संसदको बुधवार बसेको बैठकको विशेष समयमा राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले विना कारण भारतले सीमा नाकामा कडाई गरेर नाकाबन्दीको पूर्वअभ्यास गरेको बताएकी हुन् ।

‘भारतले नेपालमा कयौं पटक नाकाबन्दी लगाएको छ, गतसाल मात्र हाम्रो संविधान हामी आफैंले बनाउँदा नाकाबन्दी लगाएको थियो । विगतमा पनि पटक पटक नाकाबन्दी लगाइरहेको छ,’ सांसद पुनले भनिन्, ‘फेरि पनि सुनौली नाकामा असहजता कायम गरेर अर्को नाकाबन्दीको रियलसल गरिरहेको छ । नाकामा सहजता ल्याउन सरकारले तुरुन्तै पहल गर्न जरुरी छ ।’

सुरक्षाको कारण दखाउँदै नाकामा कडाई गरेपछि सुनौली नाकामा ट्रकको लस्कर लागेको छ । ‘नेपालको तर्फबाट के कारणले सुरक्षामा कमजोरी भयो र प्रश्न उठाएको छ ? यो बारेमा सरकारको धारणा के हो ?’ उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्