भोजपुरी सिनेमाकी चर्चित अभिनेत्री मोनालिसा सामाजिक सञ्जालमा सक्रिय रहिरहन्छिन् ।
उनले शेयर गरेको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको हुन्छ ।
हालै मोनालिसाले सामाजिक सञ्जालमा आफ्नो तस्वीर शेयर गरेकी छन् ।
पछिल्लो तस्विरहरूमा, मोनालिसा कालो क्रप टप र डेनिम मिनी स्कर्ट लगाएको देख्न सकिन्छ।
यो लुक पूरा गर्न उनले हल्का मेकअप गरेकी छिन् र कपाल कर्ल्ड र खुला राखेकी छिन् ।
फोटोसुटमा उनले क्यामेराको अगाडि एकभन्दा बढी स्टाइल देखाएको देख्न सकिन्छ ।
यस लुकमा अभिनेत्री निकै हट र ग्लामरस देखिएकी छिन् ।
छोटो समयमै यी तस्बिरमा हजारौं लाइक आएका छन् ।
मोनालिसा पछिल्ला दिनमा अहिले आफ्नो वेब सिरिज ‘रात्रि के यात्री २’ लाई लिएर चर्चामा छिन् ।
यो सिरिजमा उनीसँगै रश्मी देसाई पनि देखिनेछिन् ।
उनी पछिल्लो पटक टिभी शो ‘स्मार्ट जोडी’ मा देखिएका थिए ।
यस शोमा उनी पति विक्रान्त सिंह राजपुतसँग प्रतियोगीको रुपमा देखा परेकी थिइन् ।