२१ असार २०८३, आइतबार

उच्च मनोबलकासाथ चुनावमा केन्द्रित हुन सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

कात्तिक २७, २०७९
उच्च मनोबलकासाथ चुनावमा केन्द्रित हुन सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको वाहिनी, गण तथा गुल्म कमाण्डहरुलाई प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका छन् ।

आइतबार भर्चुअल माध्यमबाट देशभरका कमाण्डहरुलाई एकैसाथ निर्देशन दिदैं अर्यालले निर्वाचनका बेला कार्यक्षेत्रमा खटिदाँ आईपर्ने जस्तोसुकै चुनौतीहरुको सामना गर्न तयार भएर बस्न निर्देशन दिएका छन् । 

निर्वाचनको दौरानमा बल प्रयोग गर्नुपरेमा बल प्रयोगको सिद्धान्तअनुसार सबै प्रकारका सावधानी अपनाउन पनि उनले कमाण्डरहरूलाई निर्देशन दिएका छन् । 

निर्वाचनको बेला सवारी साधनको उचित प्रयोग, त्यसमा अपनाउनुपर्ने सावधानी र न्यूनतम श्रोतसाधनको अधिकतम प्रयोग गर्दै उच्च हौसलाका साथ कार्यक्षेत्रमा खटिन अर्यालले निर्देशन दिएका छन् । 

उनले भने, ‘निर्वाचनका बेला हुने कुनैपनि सुरक्षा कमीकमजोरी क्षम्य हुने छैन ।’

निर्वाचनको समयमा फिल्डमा खटिँदा सामान्य त्रुटीसमेत आफुले सुन्न र देख्न नचाहेको अर्यालले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्