२४ असार २०८३, बुधबार

डोक्लाम विवादमा हिन्दी चीनी भाइ भाइ भावना जरूरी : दलाई लामा

कात्तिक २०, २०७४
डोक्लाम विवादमा हिन्दी चीनी भाइ भाइ भावना जरूरी : दलाई लामा

काठमाडौं, २५ साउन — तिब्बती आध्यात्मिक गुरु दलाई लामाले डोक्लाम विवाद समाधानका लागि हिन्दी चीनी भाई भाई भावना नै काम लाग्ने बताएका छन् ।


भारत र चीन छिमेकी भएकाले शान्तिपूर्वक नै बस्नुपर्ने उनले बताए ।

भारत, भुटान र चीनको त्रिदेशीय विन्दुनिर चीनले सडक बनाउँदा गर्दा भारतले विरोध गरेपछि डोक्लाम विवाद चर्किएको हो । लगभग दुई महिनादेखि यो क्षेत्रमा भारत र चीनका सैनिक आमनेसामने छन् ।

दलाई लामाले भने, ‘डोक्लाम विवाद कुनै गम्भीर मामिला हैन । दुई देश छिमेकी भएकाले गलत प्रचारबाजी गर्नु हुँदैन किनकि यसले वातावरण बिगार्छ । यो २१औं शताब्दीमा हरेक देश अर्को देशप्रति निर्भर रहन्छ । अहिले दुई छिमेकीले एकअर्काका विरुद्ध कठोर बयान दिइरहेका छन् तर हिन्दी चीनी भाइ भाइको मन्त्र नै अहिलेको आवश्यकता हो । सन् १९६२ मा चिनियाँ सेना बोमडिला पुगेको थियो तर पछि फर्कियो । अहिले पनि दुवै देश फर्किनुपर्छ ।’

‘चिनियाँ कम्युनिस्ट पार्टीले त्यहाँको जनताको इच्छाअनुसार लोकतन्त्र अनुसरण गर्न सक्छन् । हाम्रो सानो तिब्बती समुदाय पूरै लोकतन्त्रमा विश्वास गर्छ,’ उनले थपे ।

दिल्लीमा बुधवार आयोजित एक कार्यक्रममा दलाई लामाले यी भनाइहरू राखेका हुन् । सन् १९५९ मा दलाई लामा तिब्बतबाट भागेर भारतको शरणमा आएका थिए । चीन सरकारले दलाई लामालाई आफ्नो कट्टर शत्रु मान्ने गरेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्