
चितवन क्षेत्र नम्बर २ (२) का उम्मेदवार देवी ज्ञवालीले उम्मेदवारको प्रचारका लागि खटिएको गाडीमा भएको तोडफोडले नराम्रो सन्देश दिएको बताएका छन् । सुरक्षाकर्मी मुकदर्शक हुँदा दण्डहीनता मौलाउने भन्दै उनले बेलैमा सचेत बन्न सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।
‘प्रतिस्पर्धी तर्फका उम्मेदवारको प्रचारका लागि खटिएको गाडीमा भएको तोडफोडले नराम्रो सन्देश दियो । सुरक्षाकर्मी मुकदर्शक प्रत्यक्षदर्शी हुँदा दण्डहिनता मौलाउँछ । बेलैमा सचेत बन्न सम्बन्धित सबैमा अनुरोध छ’, उनले भनेका छन् ।
आइतबार निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको गाडीमा तोडफोट भएको थियो ।