२८ जेठ २०८३, बिहीबार

पतिलाई वशमा ल्याउन ‘कालो जादु’ गर्ने योजना, पत्नीले दिइन् ज्योतिषीलाई ९४ लाख !

कात्तिक २८, २०७९
पतिलाई वशमा ल्याउन ‘कालो जादु’ गर्ने योजना, पत्नीले दिइन् ज्योतिषीलाई ९४ लाख !

व्यापार गरेर राम्रै सम्पत्ति कमाएका पतिलाई आफ्नो इशारामा चलाउन सकिने गरी वशमा राख्न पत्नीले ज्योतिषीलाई ९४ लाख रुपैयाँ दिएको खुलासा भएको छ ।

भारतको मुम्बईमा भएको घटना प्रहरीसम्म पुगेपछि बाहिर आएको हो ।

व्यापारीकी पत्नीले आफ्ना पूर्व प्रेमीसँग मिलेर ज्योतिषी टुनामुना गरेर पतिलाई आफ्नो इशारामा चलाउन खोजेकी हुन् । ‘कालो जादु’ गरेर पतिलाई वशमा गर्न सकिने विश्वास ज्योतिषीलाई दिएकोे खबरमा उल्लेख छ ।

स्थानीय प्रहरीका अनुसार ज्योतिषी बादल शर्मा र प्रेमी परेश गडाविरुद्ध विश्वासघात र बेइमानीसँग पैसा लिएको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । व्यापारीले तिहारको बेला कर्मचारीलाई बोनस दिन राखेको पैसा पत्नीले ज्योतिषीलाई दिएकी थिइन् । ‘कालो जादु’ गर्ने भनेर पैसा लिएका ज्योतिषी फरार भएका छन् ।

इन्स्टाग्राममा जादुको विज्ञापन देखेपछि व्यापारीकी ३८ वर्षीया पत्नी ज्योतिषीको सम्पर्कमा पुगेकी थिइन् । पतिले आफ्नो भाइ र परिवारको कुरा मात्रै मान्ने भएपछि पत्नीले वशमा राख्न जादु गर्न खोजेकी थिइन् । पतिपत्नीबीच विवाद हुने गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्