
सुनचाँदी बजारमा सोमवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला १०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य अघिल्लो आइतवार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार सोमवार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतवार तेजावी सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० रुपैयाँ थियो ।
सोमवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।