०२ साउन २०८३, शनिबार

चीनलाई आक्रमणबाट विमुख गराउनका लागि ताइवानलाई हातहतियारले सुसज्जित पार्न खोज्दै अमेरिका

कात्तिक २८, २०७९
चीनलाई आक्रमणबाट विमुख गराउनका लागि ताइवानलाई हातहतियारले सुसज्जित पार्न खोज्दै अमेरिका

अमेरिकी सांसदहरूले ताइवानलाई अधिकतम हतियार र सैन्य प्रशिक्षण दिन खोजिरहेको द वाशिङटन पोस्टले खबर दिएको छ । 

अमेरिकाका राष्ट्रपति जो बाइडन तथा चिनियाँ समकक्षी सी चिनपिङबीच इन्डोनेसियाको बालीमा सोमवार हुन लागेको भेटघाटको पूर्वसन्ध्यामा अमेरिकी सांसदहरूले ताइवानलाई चीनविरुद्ध उभ्याउने प्रयासलाई गति दिन खोजेका हुन् ।

उनीहरू यसमा सफल भएमा अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले आफ्नो हतियार भण्डारको उपयोग गर्न पाउँछ । ताइवानमा सैन्य कारवाहीलाई गति दिनका लागि अमेरिकाले आफ्नो जेभलिन र स्टिंगर क्षेप्यास्त्र दिन खोजिरहेको उक्त पत्रिकाले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै खबर दिएको छ । 

रुस–युक्रेन द्वन्द्वमा आएको जस्तो अवस्था नदोहोरियोस् भनी अमेरिकी सांसदहरूले प्रयास गरिरहेका हुन् । ‘युद्ध शुरू हुनुभन्दा अगाडि नै सहयोगीलाई हातहतियारले सुसज्जित पार्नुपर्ने पाठ रुस–युक्रेन द्वन्द्वले सिकाएको छ,’ रिपब्लिकन सांसद माइक गालागारले पोस्टलाई बताए, ‘त्यसरी पहिल्यै हतियार दिँदा युद्ध नै शुरू नहुने पनि हुन सक्छ ।’

अमेरिका र चीनको सम्बन्ध निकै चिसिएको बेलामा बाइडन र सीबीच प्रत्यक्ष भेटघाट हुन लागेको हो । दुवै नेताले आआफ्नो लक्ष्मणरेखाका विषयमा कुराकानी गर्ने अपेक्षा छ । 
 

salt training

कमेन्ट गर्नुहोस्