
सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘५ तोला सुन’ विजेताको नाम घोषणा गरेको छ ।
कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनोट गर्दा साउदी अरबबाट रेमिट्यान्स पठाउने जीवन रायमाझीले ५ तोला सुन जित्न सफल भएका छन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीको महान चाड २०७९ सालको दशैं, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहक वर्गसँग पर्वको खुशी साट्न लगातार ६३ दिनसम्म चल्ने ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो ।
योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोलाचाँदीका साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरूलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा १ जना भाग्यशाली मेगा बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजना थियो ।
जसअन्तर्गत १००८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर), ९ जनाले साप्ताहिक उपहार (१०/१० तोला चाँंदी) र २ जनाले मासिक उपहार (१/ १ तोला सुन) जित्न सफल भइसकेका छन् ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।