२२ असार २०८३, सोमबार

डायलासिस सेवा सञ्चालनमा आएपछि बिरामीलाई सहज

कात्तिक २८, २०७९
डायलासिस सेवा सञ्चालनमा आएपछि बिरामीलाई सहज
प्रतिकात्मक तस्वीर

दमौली अस्पतालमा सञ्चालित डायलासिस उपचार केन्द्रबाट तनहुँसहित ४ जिल्लाका बिरामीले डायलासिस सेवा पाएका छन् । 

तनहुँसहित छिमेकी लमजुङ, गोरखा र कास्कीका मिर्गौला पीडित बिरामीलाई डायलासिस गर्न सहज भएको छ ।

विक्रम संवत् २०७२ मंसिर २ गतेदेखि १ करोड २५ लाखको लागतमा दमौली अस्पतालमा पहिलोपटक डायलासिस सेवा सञ्चालनमा ल्याइएको हो । हाल डायलासिस केन्द्रमा ५७ जना बिरामी उपचाररत रहेको शाखा प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए । 

डायलासिस सेवा सञ्चालन भएदेखि हालसम्म २२८ जनाको ४२ हजार ५८९ पटक डायलासिस गरिएको छ । अस्पतालमा ७० मिर्गौलाका बिरामी डायलासिस पालोको प्रतिक्षा रहेका छन् । गण्डकी प्रदेश सरकारले सत्रुघ्न मञ्जु डायलासिस उपचार केन्द्रलाई २ वटा नयाँ डायलासिस मेसिन प्राप्त भएकाले बिरामीको उपचारमा सहज भएको छ । 

केन्द्रमा रहेका ९ वटा मशिन र थप २ मशिनले दैनिक ३० जना बिरामीलाई सेवा दिन सकिनेछ । हाल दैनिक २० जनालाई डायलासिस सेवा प्रदान गर्दै आएको केन्द्रले जनाएको छ । 

गण्डकी प्रदेशभरिका डायलासिस सेवा प्रदान गर्नेहरूका लागि तालिम दिने केन्द्रका रूपमा विकास गर्न लागेको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिए ।

प्रदेश सरकारले अरु ४ वटा नयाँ मशिन थप्ने गरी प्रक्रिया अघि बढाएको छ । अध्यक्ष थापाले भने, ‘मंसिर महिना भित्रमा दमौली अस्पताललाई ५० शय्याको अस्पताल बनाउने योजना रहेको छ ।’ 

हाल १५ शय्याको अस्पताल सञ्चालन गर्दै आए पनि प्रदेश सरकारले ५० शय्याको स्वीकृति दिइसकेको उनले बताए । अस्पतालसंगै रहेको कृषि ज्ञानकेन्द्र र भेटेरिनरी अस्पतालको गरी साढे ३ रोपनी जग्गा संघीय सरकारले उपलब्धका लागि स्वीकृति प्रदान गरिसकेको समितिले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्