२८ जेठ २०८३, बिहीबार

दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस

कात्तिक २८, २०७९
दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस
प्रतिकात्मक तस्वीर

ताप्लेजुङको दुर्गम क्षेत्रका ४ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत मुख्य निर्वाचन कार्यालयसम्म ल्याउन निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।

यातायातको पहुँच नपुगेको र सदरमुकामदेखि धेरै लामो दूरी हुने मतदान केन्द्रका मतपेटिका ल्याउन जिल्ला निर्वाचन व्यवस्थापन समितिले सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए ।   

खनालका अनुसार फक्ताङलुङ गाउँपालिका–७ ओलाचुङगोला, याङ्मा, फक्ताङलुङ गाउँपालिका–६ घुन्सा र ग्याब्लाको मतपेटिका हेलिकप्टरमार्फत ल्याउन सिफारिस गरिएको छ । 
 
फक्ताङलुङ गाउँपालिका ६ स्थित घुन्सा आधारभूत विद्यालय मतदान केन्द्रमा १६९ र ग्याब्ला आधारभूत विद्यालय मतदान केन्द्रमा ६७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

ओलाङचुङगोलास्थित वडा कार्यालय मतदान केन्द्रमा २८४ र याङ्मा आधारभूत विद्यालय मतदान केन्द्रमा ६१ मतदाता छन् । गत प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सो क्षेत्रका मतपेटिका हेलिकप्टरबाट फुङलिङ ल्याइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्