२२ असार २०८३, सोमबार

घुससहित वैदेशिक रोजगार विभागका नासु अख्तियारको नियन्त्रणमा

कात्तिक २९, २०७९
घुससहित वैदेशिक रोजगार विभागका नासु अख्तियारको नियन्त्रणमा

वैदेशिक रोजगार विभागका नायव सुब्बा प्रमोद पाण्डे घुस रकमसहित पक्राउ परेका छन् । 

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार ३० हजार रुपैयाँ घुस र स्रोत नखुलेको ३२ हजार ५५ रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

कात्तिक २४ गते कार्यालय बाहिर रोडमा घुस रकम लिइ कार्यकक्षमा गएपश्चात खानतलासी गर्दा उनको साथबाट घुस र स्रोत नखुलेको रकम फेला परेको  अख्तियार दुरुपयोग अनुसान्धन आयोगले बताएको छ । पाण्डेको साथबाट एक थान खाली चेकसमेत बरामद गरिएको आयोगले बताएको छ । 

पाण्डेले २०७५ असोज ७ गतेदेखि विभागमा कार्यरत थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्