२१ असार २०८३, आइतबार

सेवाग्राहीबाट ३० हजार घुस लिँदालिँदै सुब्बा सा’प पक्राउ

कात्तिक २९, २०७९
सेवाग्राहीबाट ३० हजार घुस लिँदालिँदै सुब्बा सा’प पक्राउ

वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डे ३० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।

पाण्डेले वैदेशिक रोजगार कसूरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सञ्चालन गर्नका लागि सेवाग्राहीसँग ३० हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार नायब सुब्बा पाण्डेले ३० हजार घुस लिइसकेको अवस्थामा खानतलासी गर्दा स्रोत नखुलेको ३२ हजार ५५ रुपैयाँसहित कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । 

कमेन्ट गर्नुहोस्