
बहुप्रतीक्षित बलिउड चलचित्र 'आदिपुरुष' यतिखेर चर्चामा छन् ।
रिलिज हुनु अघि नै चलचित्र चर्चामा आएको हो ।
चलचित्रमा मुख्य भूमिका निभाएका सैफ अली खानको लुकमा परिवर्तन गरिने भएपछि चर्चामा आएको हो ।
उनको दाह्री डिजिटल रूपमा हटाइने बताइएको छ ।
आदिपुरुषमा रावण बनेका खानले फ्यानलाई प्रभावित गर्न सकेनन् ।
खानको रावणको लुक फ्यानलाई मन परेन ।
टिजरमा समेत खानको लुक देखेर उनको निकै खिल्ली उडाइएको थियो ।
खानको क्यारेक्टरलाई लिएर ट्रोल भएपछि निर्माताहरूले लुक परिवर्तन गर्ने भएका हुन् ।