०९ साउन २०८३, शनिबार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कात्तिक ३०, २०७९
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश सुरक्षित गर्ने आज (कात्तिक ३० गते) अन्तिम दिन हो ।

मंसिर १० गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले बिहीवार (मंसिर १ गते) बुक क्लोज गर्दैछ ।

तसर्थ, आजसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुने बताइएको छ  ।

सभामा कम्पनीले ४.२१% नगद लाभांश (कर सहित) दिने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । 

  
 

salt training

कमेन्ट गर्नुहोस्