×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

सुनसरी– १ : अशोक राई र मुकेश लिम्बूको ब्याटलमा निर्णायक ‘फ्याक्टर’ हर्क साम्पाङ !

कात्तिक ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

​स्थानीय तहको चुनावमा ठूला दलका उम्मेदवारलाई पछारेर स्वतन्त्रलाई धरान उपमहानगरको नेतृत्व सुम्पेका धरानवासीले प्रदेश र  प्रतिनिधि सभाको चुनावमा कसलाई पल्लाभारी बनाउँछन् भन्ने सबैतिर उत्सुकता छ ।

Muktinath Bank

स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले चुनाव जितेर देशव्यापी चर्चा कमाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट  माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) लिम्बू र एमालेको समर्थनमा जनता समाजवादी पार्टी (जसपा)का  नेता अशोककुमार राई चुनावी प्रतिस्पर्धामा छन् । सत्तारूढ गठबन्धनमा कांग्रेस, माओवादी, लोसपा, र राष्ट्रिय जनमोर्चा छन् । 


Advertisment
Nabil box
Kumari

सुनसरी–१ लिम्बु र राईविरूद्ध ११ जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Vianet communication
Laxmi Bank

स्थानीय चुनावमा धरानका मतदाताले स्वतन्त्र उम्मेदवारलाई जिताएका कारण आम चुनावमा पनि स्वतन्त्र उम्मेदवारकै पल्लाभारी हुन सक्ने विश्लेषण धरानमा सुन्न पाइन्छ ।  

सुनसरी–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, किराँत खम्बुवान साझा पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनसमाजवादी पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेदवार बनाएको छ ।

एमालेको समर्थन पाएका जसपाका उम्मेदवार अशोक राई भने स्वतन्त्र उम्मेदवारले आफूलाई पराजित गर्न नसक्ने तर्क गर्छन् ।

सुनसरी–१ एमालेले जित्दै आएको क्षेत्र हो । राईको पृष्ठभूमि पनि एमाले नै हो । राई ०६९ सालमा एमाले छाडेर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीमा गएका थिए । ०४८ र ०५१ सालमा खोटाङबाट चुनाव जितेका राईले त्यसपछि प्रत्यक्ष निर्वाचन जितेका छैनन् । उनी २०७० सालको संविधान सभाको दोस्रो चुनावमा भने समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए ।

२०७४ को चुनावमा राई सुनसरी–१ मा कांग्रेससँगको सहकार्यमा उम्मेदवार भएका थिए । तर, एमालेका उम्मेदवारसँग उनी पराजित भएका थिए । त्यसबेला एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । अहिले उनै राई एमालेको समर्थनमा कांग्रेस र माओवादीसँग प्रतिस्पर्धा गरिरहेका छन् । 

राईविरूद्ध एमालेबाटै बागी उम्मेदवारी परेको छ । एमालेका मनोजकुमार मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

जसपाले एमालेसँग मिलेर जनपक्षीय माहोल निर्माण गरेको र यसअघि सधैं एमालेले नै जित्दै आएको क्षेत्र भएकोले यसपटक आफूले चुनाव जित्नेमा राई विश्वस्त छन् । 

सत्ता गठबन्धनका उम्मेदवार लिम्बु भने जनताको आवश्यकता र अपेक्षाका एजेन्डा अगाडि सारेकाले आफूले चुनाव जित्ने निश्चित रहेको दावी गर्छन् ।

धरान उपमहानगर क्षेत्रमा पर्ने सुनसरी क्षेत्र नम्बर–१ का मतदाता यसपटक पार्टीभन्दा पनि उम्मेदवार र उसको एजेन्डालाई प्राथमिकता दिने बताउँछन् । 

धरान उपमहानगरपालिका रेल्वे चोकका गणेशबहादुर भट्टराई यस क्षेत्रको विकासको एजेन्डा हेरेर भोट हाल्ने निष्कर्षमा रहेको बताउँछन् । तर, उनले कसलाई मत दिने भन्ने निर्क्यौल गरिसकेका छैनन् ।

उनले भने, ‘नेताको भाषण धेरै सुनियो । भनेअनुसार काम गरेका छैनन् । पार्टीका नेताले जनअपेक्षा पूरा नगरेकै कारण स्थानीय तहमा स्वतन्त्रलाई जिताएका हौं । अब यस पटक पनि पार्टीभन्दा व्यक्ति र उसका एजेन्डालाई हेर्ने हो ।’ 

जनतालाई आश्वासन नभएर काम चाहिएको तर, पुराना दलका नेताले बचन पूरा गर्न नसकेको भट्टराईले बताए । काम गर्ने व्यक्तिलाई स्थानीयले मत दिन चाहेको उनले बताए । 

नेपाली सेनाबाट अवकाश प्राप्त धरानका ६९ वर्षीय चन्द्रबहादुर ४० वर्ष अगाडि आफ्नो क्षेत्रमा रेल गुडेको सम्झँदै भन्छन्, ‘भएको विकास निर्माण मास्ने, नयाँ सिर्जना गर्न नसक्नेलाई भोट दिँदैनौं । यस्तो नेतृत्व आओस् जसले ४ दशक अगाडिजस्तै धरानमा रेल कुँदाउने योजना ल्याएर काम गरोस् ।’

दीर्घकालीन सोच र योजना भएका उम्मेदवारलाई मत दिएर जिताउनुपर्ने उनी बताउँछन् । 

धरानका अर्का मतदाता चन्द्रबहादुर लिम्बुले सुकुम्बासीको समस्या समाधान गर्ने, धरानलाई पानी खुवाउने, मासिँदै गएको वन जोगाउनेलाई भोट दिएर जिताउनुपर्ने बताए । ‘जनताको प्रमुख समस्या जसले सुन्छ उसैलाई मत दिनुपर्छ’, उनले भने । 

एक दशकअगाडि नै एमाले छोडेर हिँडेका अशोक राईको चुनाव चिन्ह छाता छ तर, उनलाई चुनाव जित्न भने एमालेकै ओत चाहिएको छ । 

मतदाताको घरमा पुग्दा देखिएको उत्साह र जनताको अपेक्षा आफ्नो पक्षमा रहेको भन्दै चुनाव आफूले जित्ने राईको दावी छ । सुनसरीमा देखिएको खानेपानी समस्या, सडक निर्माण, रोजगारीका प्रमुख समस्या छन् । यी समस्या समाधान गर्न सक्ने क्षमता आफूमा भएकाले जनताले आफूलाई मत दिने उनको दावी छ ।

स्थानीय मतदाता

‘एमालेसँग गरेको तालमेलअनुसार जसपाले पाएको १९ वटै प्रतिनिधिसभा सदस्य जित्छौं । यही चुनावबाट जसपा राष्ट्रिय पार्टी हुन्छ’ राईले भने । राई यस पटक कम्तीमा ५ हजार मतान्तरले चुनाव जीत आफ्नो पक्षमा हुने दावी गर्छन् ।

सत्तारूढ गठबन्धनका साझा उम्मेदवार लिम्बु भने धरानमा विमानस्थल बनाउने, धरानबाट जोगवनीसम्म रेलमार्ग निर्माण गर्ने, रङ्गशालाको निर्माण सक्ने, खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने एजेन्डासहित चुनावी मैदानमा छन् । आफूले जनताको आवश्यकता र अपेक्षा अनुसारका एजेन्डा ल्याएकाले सुनसरी–१ का जनताले आफूलाई विश्वास गर्ने दावी गर्छन् ।

एमाले–जसपाका उम्मेदवारविरुद्ध एमालेकै बागी उम्मेदवार भएको कारण त्यसको फाइदा आफूलाई हुने विश्लेषण लिम्बुको छ ।

धरानमा स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका मेयर हर्क साम्पाङ भने अहिलेसम्म कुनै पनि उम्मेदवारको पक्षमा खुलेका छैनन् । उनी नखुलेका कारण पनि उनलाई सघाएका मतदाताले कसलाई मत दिन्छन् भन्ने अझै यकिन भइसकेको छैन । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x