११ साउन २०८३, सोमबार

नागरिकता विवादबारे रवि लामिछानेको प्रश्न : फेरि कति पटक स्पष्टीकरण दिनुपर्ने हो ?

कात्तिक ३०, २०७९
नागरिकता विवादबारे रवि लामिछानेको प्रश्न : फेरि कति पटक स्पष्टीकरण दिनुपर्ने हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर २ का प्रत्यक्ष तर्फका उम्मेदवार रवि लामिछानेले नागरिकताको विषयमा फेरि कति पटक स्पष्टीकरण दिनुपर्ने हो भन्दै प्रश्न सोधेका छन् ।

उनले बुधवार बिहान फेसबूकमा भिडियो सन्देश जारी गर्दै यस्तो प्रश्न सोधेका हुन् ।

मंगलवार आफ्नो उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेपछि लामिछानेले यसबारे सामाजिक सञ्जालमा स्पष्टीकरण पारेका हुन् ।

उनले फेसबूकमा लेखेका छन्,'एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकिलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौडाको आदेशमा, अनि चितवन जिल्ला सरकारी वकिल कार्यालयदेखि महान्यायाधिवक्ताको कार्यालयसम्म नागरिकताको विषय समेतमा विवेचना भई सेटल भइसकेपछि फेरि कति पटक स्पष्टीकरण दिनु पर्ने हो ?'

salt training

कमेन्ट गर्नुहोस्