२८ जेठ २०८३, बिहीबार

‘प्रेम गीत’ निर्माताले मागे हिमेश पन्तका लागि भोट

कात्तिक ३०, २०७९
‘प्रेम गीत’ निर्माताले मागे हिमेश पन्तका लागि भोट

सुपरहिट चलचित्र ‘प्रेम गीत’ फ्रेम्ड निर्माता सन्तोष सेनले कमेडी च्याम्पियन हिमेश पन्तका लागि भोट मागेका छन् ।

हिमेश धादिङको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उनी उम्मेदवार बनेका हुन् ।
 
निर्माता सेनले हिमेशलाई प्रतिनिधि सभामा उपस्थित गराउँदा समाजको समस्या र विकासको आवाज गुञ्जायमान हुने विश्वास आफूले लिएको बताए । ‘हिमेश भाइसँग एउटा सामाजिक चलचित्रको स्क्रिप्ट, पटकथा कोर्ने बेला उसले देखेको समाजमा उतारचढाव, भोग्ने भोगाइ, सम्भावित परिवर्तनमाथि निकै छलफल भएको थियो,’ सेनले फेसबूकमा लेखेका छन्, ‘उसले भोगेको र देखेको समाजमा साँच्चिकै यथार्थता देखिन्थ्यो, अतः हिमेशलाई सभामा उपस्थित गराउँदा समाजको समस्या र विकासको आवाज गुञ्जायमान हुनेछ भन्ने महसूस मैले गरेको छु ।’

salt training

कमेन्ट गर्नुहोस्