२९ जेठ २०८३, शुक्रबार

अभिनेत्री केकीले दिइन् गगन थापालाई विजयको शुभकामना !

कात्तिक ३०, २०७९
अभिनेत्री केकीले दिइन् गगन थापालाई विजयको शुभकामना !

अभिनेत्री केकी अधिकारीले गगन थापालाई विजयीको शुभकामना दिएकी छन् ।

बुधवार जारी शुभेच्छा भिडियोमार्फत केकीले गगनको खुलेर प्रशंसा गर्दै प्रतिनिधि सभाको निर्वाचनमा विजयको शुभकामना दिएकी हुन् ।

नेपाली कांग्रेसका महामन्त्री थापा काठमाडौं क्षेत्र नम्बरं ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । गगनलाई ‘दाइ’ सम्बोधन गर्दै केकीले भनेकी छन्, ‘उहाँसँग हुने संवादहरूमा उहाँले दर्शाउनुभएको राष्ट्रप्रतिको निष्ठा, नेपाली जनताप्रतिको सेवा भाव र इमान्दारिता अनि संसद र संविधानप्रतिको लगाव र प्रतिबद्धता निकै प्रशंसनिय छ ।’

नेपाली कला, नेपाली संस्कृति, साहित्य र नेपाली चलचित्रप्रति पनि गगनको विशेष अभिरुचि भएको आफूले पाएको अभिनेत्री केकीले बताएकी छन् । गगनले नेपाली जनताहरूको मुद्दामा चासो राख्ने र सक्रियता देखाउने कमै जनप्रतिनिधिमध्ये आफूलाई अग्रणी भूमिकामा राखेको समेत केकीले बताएकी छन् ।

‘दाइलाई आफ्नो क्षेत्रबाट यस आसन्न निर्वाचनमा विजयी भई असल जनप्रतिनिधिको रूपमा आफ्नो यात्रा निरन्तर अगाडि बढाउनुहोस् भन्ने कामना गर्दछु,’ अभिनेत्री अधिकारीले भनेकी छन्, ‘उहाँको जीतसँगै, उहाँको विजयसँगै हामी सम्पूर्णका निमित्त नयाँ–नयाँ सम्भावनाका ढोकाहरू खुल्ने एक उदाहरणीय र सफल राजनीतिज्ञका रूपमा दाइको उदय होस् भन्ने पनि कामना गर्न चाहन्छु । यस निर्वाचनमा दाइको विजयको अग्रिम शुभकामना ।’

salt training

कमेन्ट गर्नुहोस्