
बलिउड अभिनेत्री मलाइका अरोरा स्टाइलिस र फिट अभिनेत्री हुन् ।
४९ वर्षीया मलाइकाको फिटनेसको अगाडि उनको आधा उमेरका केटीहरू पनि फिक्का पर्छन् ।
मलाइका अरोरा प्रायः उनको वर्कआउट सेसन पछि देखिने गर्छिन् ।
हरेक पटक उनी कूल जिम पहिरनमा आफ्नो परफेक्ट फिगर फ्ल्यान्ट गरेको देखिन्छ।
तर, मलाइका अरोरा धेरै पटक उनको लुक्सका कारण ट्रोल भएकी छन् ।
पछिल्लो पटक फेरि उनी ट्रोलको शिकार बनेकी छन् ।
मलाइकाले सेतो स्लिभलेस टि–सर्टसँगै कालो सर्ट लगाएकी थिइन् ।
तस्वीरमा अरोराले बारम्बार आफ्नो अनुहार टोपीले लुकाउने प्रयास गरिरहेकी थिइन् ।
यस्तो अवस्थामा उनको तस्वीर इन्टरनेटमा आउनेबित्तिकै मानिसहरूले अभिनेत्रीलाई ट्रोल गर्न थालेका छन् ।
मलाइका अरोराका यी तस्वीरमा कमेन्ट गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्– ‘तिमीले यस्तो लुगा किन लगाउँछौ, कि अनुहार लुकाउनु पर्छ ?'