
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने भोजपुरको सत्ता गठबन्धनको चुनावी सभा नजिकै बम विस्फोट भएको छ ।
भोजपुर जिल्लाको तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभा नजिकै बम विस्फोट भएको भोजपुरका प्रहरी प्रमुख डीएसपी शरतबहादुर थापाले जानकारी दिए ।
चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका प्रवक्ता रामशरण महत भोजपुर जाने कार्यक्रम छ ।
घटनामा संलग्न सुमन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ‘सानो बम पड्काउँदा उनी आफैं घाइते भएका छन्, अन्य मानवीय क्षति भएको छैन,’ डीएसपी थापाले भने ।