२९ जेठ २०८३, शुक्रबार

अतिरिक्त शुल्क तिरेरै विश्वकप फूटबल हेर्नुपर्ने, खेल प्रसारणको बाटो खुल्यो [आदेशसहित]

कात्तिक ३०, २०७९
अतिरिक्त शुल्क तिरेरै विश्वकप फूटबल हेर्नुपर्ने, खेल प्रसारणको बाटो खुल्यो [आदेशसहित]

अब विश्वकप फूटबल स–शुल्क देखाउन पाइने भएको छ ।

नेपालमा विश्वकप प्रसारणको एक्सक्लुसिभ अधिकार पाएको मिडिया हब प्रालिले केबल अपरेटर, डीटीएच, ओटीटीमार्फत निश्चित शुल्क लिएर लिएर विश्वकप फूटबल प्रसारण गर्न पाउने भएका छन् । 

अधिवक्ता किशोर पौडेलसहितका अधिवक्ताहरू अतिरिक्त शुल्क लिएर लिएर विश्वकप प्रसारण रोक्न माग गर्दै कात्तिक २० गते सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । रिटमाथि बुधवार सुनुवाइ गर्दै सर्वाेच्चले शुल्क लिएर विश्वकप फूटबल प्रसारण गर्न पाउने कुरालाई रोक्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा सुनुवाइ एको थियो ।

मिडिया हबले प्रति सेटअप बक्स करबाहेक ५ सय रुपैयाँ अतिरिक्त शल्क लिएर विश्वकप फूटबल खेल प्रसारणको गर्न लागेको छ । त्यसका लागि मिडिया हबले प्रत्यक्ष प्रसारणको अधिकार हिमालय प्रिमियम एचडीलाई दिइसकेको छ ।

यस्ताे छ सर्वाेच्चकाे आदेश-

salt training

कमेन्ट गर्नुहोस्