२५ असार २०८३, बिहीबार

निर्वाचनका दिन सार्वजनिक सवारीसाधन नचल्ने

कात्तिक ३०, २०७९
निर्वाचनका दिन सार्वजनिक सवारीसाधन नचल्ने
प्रतिकात्मक तस्वीर

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन मंसिर ४ गते काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन नहुने भएका छन् ।
    
निर्वाचनमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को बुधवार बसेको संयुक्त बैठकले मतदानका दिन निर्वाचन आयोगको मापदण्डअनुसार सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको काठमाडौंका प्रजिअ घनश्याम उपाध्यायले जानकारी दिए ।
    
निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारीसाधनबाहेक अन्य सार्वजनिक सवारीसाधन नचल्ने उनले उल्लेख गरे । मतदानका दिन बिहान ४ गतेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको छ ।

बैठकले सवारीसाधनको व्यवस्थापन गर्ने, मदिराको ओसारपसार, बिक्रीवितरण र सेवनमा रोक लगाउने निर्णय गरेको छ । अत्यावश्यक सेवाबाहेक मंसिर १ र २ गते ३ वटै जिल्ला प्रशासनको सेवा बन्द गर्ने निर्णय गरिएको उनको भनाइ छ । खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारीसाधन भने सञ्चालन हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्