चैत ३, २०८०
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
मंसिर १, २०७९
लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झा धनुषा- ३ बाट प्रतिनिधिसभाका लागि चुनाव लडिरहेका छन् ।
सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका उनको मुख्य प्रतिस्पर्धा प्रतिपक्षी गठबन्धनअन्तर्गत नेकपा एमालेकी उम्मेदवार जुली महतोसँग देखिएको छ ।
अन्य धेरै उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा ती दुई नेताबीच नै देखिएको छ । रौतहट १ बाट यसअघि चुनाव जितेका झा अहिले धनुषा- ३ मा आएका छन् ।
उनै झासँग लोकान्तरकर्मी अजयअनुरागीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
२०७४ सालमा रौतहट- १ बाट निर्वाचित हुनुभएको थियो । तर, यसपटक धनुषा- ३ किन रोज्नुभयो ?
– पाँचदलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी अन्तिम समयमा आबद्ध भइसकेपछि गठबन्धनमा एड्जस्टमेन्टको राजनीति भयो । त्यसपछि मैले धनुषा- ३ रोजें ।
रौतहट- १ मा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चुनाव लड्ने तयारी गर्नुभयो । रौतहट- १ नभए चुनाव नै नलड्ने कुरा गर्नुभयो । मसँग अर्को क्षेत्र नै छैन, अर्को ठाउँबाट लडे पनि सफल हुन्छु भन्ने कुरामा मलाई विश्वास छैन । अर्को ठाउँबाट चुनाव नै लड्दिनँ । भन्ने उहाँको कुरा थियो । प्रधानमन्त्री भइसकेको नेताले फेरि मेरो यो अन्तिम चुनाव हो, त्यसपछि लड्दिनँ भनेपछि मैले रौतहट १ उहाँका लागि छाडेको हो ।
धनुषा- ३ मा नेपाली कांग्रेसले उम्मेदवारी दिने इच्छा राखेको थियो तर त्यहाँ हाम्रो पनि दाबी थियो । यो क्षेत्रमा हाम्रै पार्टीका नेता राजेन्द्र महतोजीले चुनाव जित्नुभएको थियो र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि पनि समानुपातिक चुनाव लड्नुभएका कारण त्यहाँ खासै कुनै विवाद थिएन । त्यसपछि पाँचदलीय गठबन्धनको संयन्त्रले नै पनि तपाईं त्यहाँ जानुस् भन्नुभयो र मैले स्वीकार गरें ।
अर्को कुरा ६ महिनाअघि मात्र मेरो श्रीमती डा. डिम्पल झाको स्वर्गारोहण भयो । विगत पाँच वर्षदेखि हामी जनकपुरमा नै बसेका थियौं । मेरो बुवाको पनि स्वर्गारोहण जनकपुरमा नै भएको थियो ।
डिम्पलजीको पनि अन्तिम समय यहीँ जनकपुरमा बितेको हुनाले जनकपुरसँग मेरो सेन्टिमेन्टल अट्याचमेन्ट पनि थियो नै ।
प्रदेश सभा सदस्य र राज्यमन्त्रीको रूपमा मेरो श्रीमती जनकपुरमा बस्न थाल्नु भएपछि धनुषा-३ हाम्रो टार्गेटमा पहिलेदेखि नै थियो । कागजमा त्यसको एक्सरसाइज गरिरहेकै बेलामा कोरोनाकालमा मेरो बुवाको देहान्त भयो ।
त्यसपछि डिम्पलजीलाई रोग लाग्यो । त्यो रोग विस्तारै बढ्दै गयो र कन्ट्रोलमा आउने स्थिति थिएन । त्यो सँगै धनुषा- ३ बाट मेरो नजर हराउँदै गयो किनभने त्यो चाहना मेरो श्रीमतीको थियो । उहाँको देहान्तपछि दिमागबाट नै हटाइयो । उहाँको मृत्युपछि चुनाव नै नलड्ने मूड मैले बनाएको थिएँ । त्यस्तो परिस्थितिमा धेरै कुरा अगाडि बढ्यो र दुई महिना अघिदेखि चुनाव लडिन्छ भनेर तयारी थालिएको हो ।
धनुषा-३ मेरो लागि होइन, मेरो श्रीमतीको लागि भनेर सोचिरहेको ठाउँमा अहिले म आफैं आउनुपरेको हो । कतिपय डेटाबेसमा हामीले काम पनि गरिसकेका थियौं । अर्को मधेश प्रदेशको राजधानी हो, जनकपुरधाम । किशोरीजीको ठाउँ पनि हो जनकपुरधाम । मिथिला, मैथिल, सभ्यता, विद्वान र विदुषीको ठाउँ पनि जनकपुरधाम भएकाले यहाँबाट चुनाव लडेको हो ।
काठमाडौंलाई सधै च्यालेन्ज गरेको ठाउँ जनकपुर भएकाले पनि मैले जनकपुरधाम रोजेको हो । मधेश प्रदेशको राजधानीबाट हामी जस्ता मधेश आन्दोलनका सक्रिय कार्यकर्ताले प्रतिनिधित्व गर्न पायौं भने जनकपुरलाई पनि, मलाई पनि, मधेश प्रदेशलाई पनि राम्रो हुन्छ भनेर आएको हो ।
यहाँ लोसपाको संगठन अलि कमजोर छ । अलि बढी नै जोखिम लिएँ जस्तो लागेको छैन ?
– म बालक हुँदादेखि नै जोखिम लिँदै आएको छु । मैले जोखिम नलिएको भए अहिले पनि म बागमती नदीको किनार क्षेत्रमा भैंसी चराइरहेको हुन्थें ।
म जस्तो सामान्य परिवारको मानिसले रिस्क जोनबाट नै राजनीति शुरू गरेको हो । हामीजस्तो मानिसले ३३ वर्षदेखि रिस्क त लिएको हो नि राजनीतिमा ।
म विद्यालय पढ्न जाँदा पनि रिस्क लिएर नै जान्थें । म साढे १ वर्षको हुँदा नै मेरो गाउँ बागमतीले कटान गरेको थियो । त्यसपछि मेरो घर बागमतीको पूर्वी छेउमा पर्न गयो र स्कूल पश्चिम पर्न गयो ।
कक्षा ४ मा पढ्दा त बागमती जस्तो नदी डुंगामा तरेर स्कूल जाने गर्थें । वैशाखमा बालुवा नै बालुवा भएको समय होस् वा भदौमा बाढीका कारण हिलो नै हिलो भएको बेलामा पनि जोखिम मोलेर नै स्कूल जाने गर्थें । त्यही बेलादेखि रिस्क लिने गरेको छु ।
अरू दलको भरमा जोखिम लिनुभएको देखियो नि !
– गठबन्धन भएपछि दलको भर त स्वाभाविक नै हो । तर सबैभन्दा बढी भर त यहाँका जनताको हो । यहाँको भोटको गणितको हो । यहाँका क्रान्तिकारी जनताको जुन छवि छ त्यसको आकलन गरेर आएको हो । मलाई विश्वास छ, म यहाँबाट चुनाव जित्छु । रिस्क त जसलाई पनि छ । एकभन्दा बढी उम्मेदवार हुनेबितिक्कै रिस्क जोनमा त सबै उम्मेदवार गइहाले ।
यहाँ जो-जो मेरोअगाडि प्रतिद्वन्द्वी हुनुहुन्छ, उहाँहरू कोही पनि मभन्दा राजनीतिमा जेठो हुनुहुन्न । न अरू प्रकारले म भन्दा बढी सक्षम हुनुहुन्छ ।
हो, एकजना उम्मेदवार म भन्दा आर्थिक रूपले धेरै गुणा बढी धनी हुनुहुन्छ । उहाँ नेपालमै टपमस्ट धनी परिवारको मान्छे हो । त्यसबाहेक अन्य कुनै क्वालिटी त छैन ।
त्यसकारण एउटा मात्र कारणले मान्छेले चुनाव जित्ने वा हार्ने भन्ने कुरा हुँदैन । धेरै अवयवहरूले त्यसको निर्धारण गर्छ । धनको मामिलामा मेरो र उहाँको कुनै तुलना नै हुनसक्दैन । तर, यो त धनी र गरीबको चुनाव होइन नि ! एक जना नेता चुन्ने चुनाव हो ।
सार्वभौम जनताको अधिकार हो । राजनीतिक मानिसलाई जिम्मेवारी सुम्पने कुरा न हो । मलाई विश्वास छ, जनकपुरधामले जहिल्यै पनि राजनीतिक रूपमा काठमाडौंलाई च्यालेन्ज गर्दै आएको छ । यहाँका जनताले राजनीतिक सुझबुझ भएको, राजनीतिमा लगानी गरेको मान्छेलाई नै चुन्नुहुन्छ ।
काठमाडौंको चरणमा लगेर जनकपुरको जनताको मत बन्धकी हालिदिने नेताभन्दा पनि जनकपुरको जनताको गरिमाको रक्षा गर्दै आफैं निर्णय गर्न सक्ने वा निर्णायक तहमा रहेको मजस्तो मधेशवादी, लोकतन्त्रवादीलाई पठाउने हो, त्यसको निर्णय जनताले गर्नुहुन्छ । मलाई जनताले जिताएर पठाउनुभयो भने जनकपुरका जनताको गरिमालाई निहुर्याउने छैन ।
दलगत वा वैचारिकभन्दा पनि जातीय र वर्गीय आधारले मतदान हुने रोग मधेशमा छ । जातिगत रूपमा हेर्दा त तपाईंलाई चुनौती छ नि !
– त्यस्तो छैन । एक त म जातपात मान्ने मान्छे नै होइन । मधेशका सबै जातका मानिसलाई मधेशी ठान्ने मान्छे हो म । मैले गरेको राजनीति र मेरो स्कूलिङ पनि त्यही हो ।
कुनै पनि एउटा जातिविशेषको मतको आधारमा धनुषा- ३ मा मात्र होइन, मधेशको अन्य कुनै पनि क्षेत्रबाट चुनाव जित्न सकिन्न । कुनै एक जातिको सबैभन्दा बढी जनसंख्या भए पनि ५० प्रतिशत होला । र फेरि त्यो जाति कसैको गुलाम पनि होइन ।
जनता कुनै जति विशेष र नेता विशेषको गुलाम हुन्छ भन्ने कुरा मलाई लागेको छैन । मेरो प्रचारप्रसारमा पनि सबै जातिका मानिसहरू छन् ।
त्यो जतिको मानिस पनि मेरो प्रचारप्रसारमा हुनुहुन्छ भने मेरो जतिको मानिस पनि उहाँको प्रचारप्रसारमा हुनहुन्छ । त्यसैले जातपातको कुरा मात्रै पनि हुँदैन ।
कुनैपनि जाति विशेषको मत कुनै एकै ठाउँमा मात्र जाने इतिहास नै छैन । अर्को एकै जातिको सबै मत उहाँलाई जाने केही आधार पनि छैन । उहाँहरूले त्यो जातका मानिसलाई के कल्याण गरिदिनुभएको छ र ? श्रीमान र श्रीमती पटकऔपटक सांसद र मन्त्री बन्नुभएको छ, यो क्षेत्रमा उहाँकै जातिका मानिसलाई के कल्याण गरिदिनुभएको छ ?
यही श्रीमान् र श्रीमतीवाला कुरा तपाईंको हकमा पनि त लागू हुन्थ्यो होला नि ?
– म १८ दिनका लागि मन्त्री भएको थिएँ । १८ दिनमा मैले केही काम गर्ने मौका नै पाइनँ । मन्त्री भएर आफ्नो क्षेत्रका जनताको स्वागत पाउन रौतहट पुगेकै बेला मेरो मन्त्री पद गयो ।
मेरो श्रीमती राज्य मन्त्री हुनुहुन्थ्यो, मधेश प्रदेश सरकारमा । तर, राज्यमन्त्रीको के नै अधिकार हुन्छ? धेरै गर्ने कुरा पनि थिएन । उहाँ बिरामी नै भइहाल्नु भयो । क्यान्सर नै लाग्यो र अन्ततः उहाँ बित्नुभयो । जुन बेलासम्म उहाँ एक्टिभ राज्यमन्त्री हुनुहुन्थ्यो, त्यो बेलामा जे जति अधिकार भए पनि धनुषाका लागि सबैभन्दा बढी काम गर्नुभएको थियो ।
अघिल्लोपटक राजेन्द्र महतोले जित्नुभयो । बीचमा मतदाताकोमा आउनुभएन, र अन्तिममा क्षेत्र नै परिवर्तन गर्नुभयो । यसपटक जित्नुभयो भने तपाईं पनि अर्कोपटक आफ्नो गृहजिल्ला फर्कनुहुन्छ भन्ने मनोविज्ञान मतदातामा पाइन्छ नि ?
– निर्वाचन आचारसंहिताका कारण अन्य उम्मेदवारका विषयमा बोल्न मिल्दैन । तर, एउटा कुरा के भने जुलीजी पटक-पटक सांसद बन्नुभयो । एकपटक मन्त्री पनि बनिसक्नुभयो । तर, कति दिन क्षेत्रमा जानु भयो त ? १५ वर्षमा कति रात यो क्षेत्रमा बस्नुभयो? जनताको बीचमा कति समय दिनुभयो त ? दिनुभएको छैन नि !
म यहाँबाट चुनाव लडेको छु । म चुनाव जित्छु नै । कथं कदाचित चुनाव हारे पनि म उहाँहरूभन्दा बढी नै समय क्षेत्रका जनतालाई दिन्छु ।
चुनाव सकिएको २ वर्षसम्म हेर्नुहोला, म नआएको पाए मलाई कालोमोसो दलिदिए हुन्छ । तर, चुनावपछि गाउँ-गाउँमा अहिलेजस्तो घरदैलो त हुँदैन । सामाजिक काम, विवाह, व्रतबन्ध, छठिहार, श्राद्धसहितको संस्कारका कामदेखि अन्य विकास निर्माणका काम होस् वा जनताका समस्या सुन्ने कामका लागि क्षेत्रमा नै बढी समय दिन्छु ।
तपाईं चुनाव लडे पनि कतिपयले यो विमेलेन्द्र निधिको प्रतिष्ठाको लडाईं हो भनिरहेका छन् । तपाईं पूर्ण रूपमा उहाँको भर पर्नुभएको देखियो नि !
– स्वाभाविक रूपले उहाँको भर छ । भर त सबैलाई सबैको छ । उहाँ यहाँको नेता हो । उहाँको सहयोगविना म यहाँ आउनेबाला नै थिइन् । उहाँसँग मैले कुरा गरेर, उहाँले कमिटमेन्ट गरेपछि मात्र यहाँ आएको कुरा पनि सत्य नै हो । उहाँको सहयोग मैले पाइरहेको छु ।
राजनीतिमा हारजीत भइरहन्छ । यदि म हारें पनि म उहाँको करियर र प्रतिष्ठासँग जोड्दिनँ । तर गठबन्धनको दलको नेता भएको हुनाले उहाँको प्रतिष्ठा जोगिने छ । त्यसबाहेक गठबन्धनमा आबद्ध सबै दलका नेता, कार्यकर्ताको पनि यो प्रतिष्ठाको विषय हो ।
त्यसबाहेक जनकपुरका जनता जसले यहाँबाट कहिल्यै पनि कम्युनिस्टलाई जित्न दिएको छैनन्, ती सबै जनताको पनि प्रतिष्ठाको विषय हो । त्यसकारण मैले चुनाव जित्छु भन्ने विश्वास छ ।
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...