
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीवार चितवनमा आयोजना गरेको चुनावी आमसभामा चर्चित कलाकारहरु समेत सहभागी छन् ।
निर्देशक दीपाश्री निरौलादेखि अभिनेता रमेश उप्रेती, किरण केसी, निर्मल शर्मासम्म रविको आमसभामा पुगेर शुभकामना दिएका छन् ।
मञ्चमा पुगेर आमसभालाई सम्बोधन गर्ने क्रममा दीपाश्रीले घण्टी बजाएर शुभकामना मन्तव्य शुरू गरेकी थिइन् । नारायणी किनारमा भएको आमसभामा हजारौंको सहभागीता छ ।