![गठबन्धनको अपिल : राजनीतिक स्थायित्वका लागि हामीलाई भाेट दिनुहाेस् [पूर्णपाठसहित]](https://lktcdn2.prixacdn.net/media/deuba_prachanda_nepal_LBtsOlx3g0.png)
मंसिर ४ मा हुने चुनावमा सत्तारूढ गठबन्धनमा रहेका दलहरूलाई मतदान गरेर जिताउन गठबन्धनका शीर्ष नेताहरूले अपिल गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार संयुक्तरूपमा अपिल जारी गरेका हुन् ।
निर्वाचन परिणामले विघनकारी र प्रतिगमणको पक्षधरहरूको गठबन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नुपर्ने अवस्था रहेको अपिलमा उल्लेख गरिएको छ ।
‘गठबन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावनाअनुरूप राजनीतिक स्थायित्व दिने हो’, गठबन्धनले जारी गरेको अपिलमा भनिएको छ ।
गठबन्धनका उम्मेदवारहरूको विजय सुनिश्चित रहेको महसुस गरेको गठबन्धन दलका शीर्ष नेताहरुले बताएका छन् ।
यस्ताे छ अपिलकाे पूर्णपाठ-