०७ साउन २०८३, बिहीबार

संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको हो : गगन थापा

संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको हो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धन काठमाडौँ क्षेत्र नं ५ ले आज चक्रपथमा आयोजना गरेको बृहत् चुनावीसभालाई सम्बोधन गर्दै उनले अघिल्लो सरकारले दुई पटकसम्म संसद विघटन गरेर लोकतन्त्रलाई धरापमा पारेको आरोप लगाए। 

“विगत पाँच वर्षमा दुई तिहाइ बहुमत प्राप्त गरेको कम्युनिष्ट सरकारले संसद् विघटन गरेकाले सिङ्गो देशको विकासमा असर प¥यो, संविधानको रक्षा गर्दै संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको हो”, उनले भने ।

महामन्त्री थापाले जनतामा राजनीतिक दलले गरेका कार्यप्रति वितृष्णा बढ्दै गएको बताउँदै त्यसलाई बदल्ने गरी अगाडि बढ्नका लागि संसद्मा कांग्रेसका युवा उम्मेदवार प्रदीप पौडेलको खाँचो रहेको औँल्याए । 

लोकतान्त्रिक वाम गठबन्धनकोतर्फबाट काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका कांग्रेस नेता प्रदीप पौडेलले राजनीतिभित्रको विकृति अन्त्य गर्दै काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि आफूले उम्मेदवारी दिएको बताए ।
 

कमेन्ट गर्नुहोस्