०४ साउन २०८३, सोमबार

मौन अवधिमा पैसा बाँडेका आरोपमा काठमाडौं ५ का प्रदेशसभा उम्मेदवार नै पक्राउ

मौन अवधिमा पैसा बाँडेका आरोपमा काठमाडौं ५ का प्रदेशसभा उम्मेदवार नै पक्राउ

मौन अवधिमा पैसा बाँड्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभातर्फका एक उम्मेदवारलाई पक्राउ गरेको छ । शुक्रबार राति प्रहरीले काठमाडौं ५ प्रदेशसभा ‘२’का एमाले उम्मेदवार दिपक निरौलालाई पक्राउ गरेको हो । 

प्रहरीले उनीसहित एमाले बूढानीलकण्ठ नगरपालिका कमिटीका अध्यक्षसहित अन्य ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले  उनीहरुलाई अहिले प्रहरी प्रभाग बूढानीलकण्ठमा राखिएको जानकारी दिए । उनीहरुमाथि अनुसन्धान भइरहेको छ । 
उनीहरु बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ को युरो स्कुल नजिकैबाट पक्राउ परेको प्रहरीको भनाइ छ । 

काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । यस्तै कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार रहेका छन् । उनीहरु पक्राउ परेको भिडियोसमेत सामाजिक सञ्जालमार्फत बाहिरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्