काठमाडौं, २६ साउन — राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्याब्सन गौरव साहित्य सम्मान प्रदान गरिने भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पु–याएको भन्दै कवि घिमिरेलाई उक्त सम्मान प्रदान गर्न लागेको हो ।
प्याब्सन केन्द्रीय सचिवालयको निर्णयअनुसार कवि घिमिरेलाई साउन २८ गते विशेष कार्यक्रम आयोजना गरी विशेष सम्मान गर्न लागिएको हो ।
उक्त अवसरमा मूर्धन्य कवि तथा साहित्यकारको उपस्थिति हुने कार्यक्रमका उपसंयोजक साहित्यकार देवी घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार सम्मान कार्यक्रमलाई पृथक् र अविस्मरणीय बनाउन तयारी तीव्र बनाइएको छ ।