बैशाख १४, २०८०
वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनको नतिजालाई लिएर नेपाली समाजमा विभिन्न कोणबाट चर्चा र बहस भइरहेको छ । उपनिर्वाचनमा निर्वाचित भएका तीन सिटले सत्ता गठबन्धनमा उलटफेर त हुँदैन, तर यो निर्वाचनले गहि...
तमाम अन्योल र आशंकाबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
उम्मेदवारी मनोनयनपछि पनि तोकिएको मितिमा चुनाव हुनेमा दलकै नेताहरूले सन्देह व्यक्त गरेका थिए ।
देशका कतिपय स्थानमा भएका छिटपुट झडपका घटनालाई अपवाद मान्दा आइतवारको चुनावलाई शान्तिपूर्ण भन्नुपर्छ । चुनावी झडपमा कुनै हताहती भएको छैन ।
मतदानमार्फत सचेत मतदाताले आगामी पाँच वर्षका लागि देश सञ्चालनका लागि आफूले विश्वास गरेको दललाई अभिमत दिएका छन् ।
जनताको अभिमत व्यक्त भएका मतपेटिकालाई सुरक्षित ढंगले गणनास्थलमा पुर्याउनु र जति सक्दो छिटो मतपरिणाम सार्वजनिक गर्नु निर्वाचन आयोगको दायित्व हो ।
निर्वाचनअघिका प्रारम्भिक संकेतले यसपटकको चुनावमा केही नयाँ दलको उदय हुने सम्भावना देखिन्छ ।
स्थापित र पुराना राजनीतिक दलप्रतिको आक्रोशले नयाँ दल राम्रो हैसियतका साथ उदय हुने सम्भावना छ । जनताको फैसला मतपेटिका खोलेपछि मात्र थाहा हुनेछ ।
निर्वाचनमा अपेक्षित मत खस्न नसक्नु कमजोर पक्ष हो, यो निर्वाचन आयोग र सरकारको कमजोरी होइन, बरु राजनीतिक दलप्रतिको वितृष्णा र आक्रोशको परिणाम हो ।
मानिसहरू भोट हाल्न नजानु लोकतन्त्रका लागि खतराको सूचक हो । मतदाताको यो असन्तुष्टिलाई दलहरूले आगामी दिनका लागि पाठको रूपमा लिनुपर्छ ।
जीतहार जसको भए पनि आवधिक निर्वाचनले लोकतन्त्रलाई नवीकरण गरेको छ ।
लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई सफल बनाउने सबै धन्यवादका पात्र हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया दुवै धन्यवादको हकदार बनेका छन् ।
साथै, आयोगका अन्य पदाधिकारी र समग्र कर्मचारी, सुरक्षाकर्मी लगायत यसमा भूमिका खेल्ने अन्य सबैलाई पनि धन्यवाद भन्नुपर्छ ।
वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनको नतिजालाई लिएर नेपाली समाजमा विभिन्न कोणबाट चर्चा र बहस भइरहेको छ । उपनिर्वाचनमा निर्वाचित भएका तीन सिटले सत्ता गठबन्धनमा उलटफेर त हुँदैन, तर यो निर्वाचनले गहि...
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले बिहीवार पद तथा गोपनीयताको शपथ गरे । शपथसँगै उनीहरूको पाँच वर्षे काउन्टडाउन शुरू भएको छ । शपथसँगै अब नयाँ सांसदले जनताले तिरेको करबाट तलब भत्ता पाउने छन् । जनताले ...
आइतवार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीवार मध्यरातिबाट मौन अवधि शुरू भएको छ । राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारका लागि पर्याप्त समय पाएका थिए । बिहीवार साँझसम्ममा उम्मेदवारले घ...
गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति (कार्यकालका हिसाबले चौथो) को रूपमा रामचन्द्र पौडेलले शीतलनिवासको कार्यभार सम्हालेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा झण्डै ६ दशक बिताएका पाका राजनीतिज्ञ पौडेल राष्ट्रपतिको क...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
लोकतान्त्रिक विश्व समुदाय ‘खुला सरकार’को बहसमा रहेको समयमा नेपाली समाजलाई अँध्यारो युगतिर फर्काउने सोचसहित सूचनाको हकलाई संकुचित गर्ने प्रयास भएको छ । संविधानले नै सुनिश्चित गरेको सूचनाको हक...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...