
ललितपुरको २ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको मतगणना शुरू भएको छ ।
सर्वदलीय बैठकमा भएको सहमतिअनुसार शुरूमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतगणना थालिएको हो ।
ललितपुरमा ५८ प्रतिशत मत खसेको थियो । २ नम्बर क्षेत्रमा नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र एमालेका प्रेमबहादुर महर्जनबीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ ।