
नेकपा एमालेको गढ मानिने कास्की-२ मा नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले शुरुवाती अग्रता लिएको छ ।
स्वतन्त्र पार्टीका माधवप्रसाद कडेंलले ३०७ मत पाउँदा नेकपा एमालेकी विद्या भट्टराईले २८४ मत पाएकी छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एसका श्रीनाथ बरालले २२६ मत पाएका छन् ।
२०७४ सालमा कास्की-२ मा एमालेका रवीन्द्र अधिकारी विजय भएका थिए । रवीन्द्रको निधनपछि भएको उपनिर्वाचनमा एमालेकी विद्या भट्टराई विजय भएकी थिइन् ।