०७ साउन २०८३, बिहीबार

जनकपुरका मेयर तथा लोसपाको वडा जितेको गाउँमा एमालेकी महतोको अग्रता

जनकपुरका मेयर तथा लोसपाको वडा जितेको गाउँमा एमालेकी महतोको अग्रता

जनकपुरधाम उपमहानगरपालिकाको मेयर मनोज कुमार साह सुडीको गाउँ रहेको जनकपुरधाम उपमहानगरपालिका–१५ मा नेकपा एमालेकी जुली महतोले अग्रता लिएकी छन् ।

मेयर सुडी नेपाली कांग्रेसका बागी उम्मेदवार बनेर मेयरमा निर्वाचित भएका थिए ।

उनको गाउँमा सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अनिलकुमार झाले ३१० मत मात्र पाएका छन् भने एमालेकी उम्मेदवार महतोले झण्डै दोब्बर ६०८ मत पाएर अग्रता कायम गर्न सफल भएकी छन् ।

जनमत पार्टीका उम्मेदवार शम्भू साहले लोसपाका उम्मेदवार झाभन्दा १० मत बढी ल्याएका छन् । साहले ३२० मत ल्याएका छन् ।

जनकपुरका मेयर साहलाई जिताउन नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले महत्त्वपूर्ण भूमिका खेलेका थिए तर मेयर साहले अहिले स्वतन्त्र रहेर भूमिका नखेलेको स्थानीयहरू बताउँछन् ।

उक्त वडामा लोसपाका सन्तोष कुमार साह वडाध्यक्षमा निर्वाचित भएका थिए । लोसपाले जितेको वडामा समेत एमालेको अग्रता देखिएको छ । एमाले उम्मेदवार महतो र मेयर दुवै सुडी जातिका हुन् भने लोसपा उम्मेदवार झा ब्राह्मण हुन् ।

दलगतभन्दा पनि जातीय आधारमा त्यहाँ मतदान भएको स्थानीयहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्