
रुपन्देहीको ४ नम्बर निर्वाचन क्षेत्रको मतगणना सोमवार बिहानबाट शुरू भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना शुरू भएको हो ।
सर्वदलीय बैठकको निर्णयअनुसार बिहान साढे ९ बजेदेखि मतगणना शुरू गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिस्पर्धा छ ।