
ललितपुर क्षेत्र नम्बर- ३ मा तीव्र प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो अपडेटअनुसार एमालेका अमृत खड्काले ६७७, राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ६२६ र नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ६०१ ल्याएका छन् ।
क्षेत्र नम्बर ३ को गणना जावलाखेलको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेको हो ।
शुरूमा निकै मतले पछाडि रहेकी ऊर्जा मन्त्री पम्फा भुसालले पछिल्लो अपडेटमा मतान्तर उल्लेख्य मात्रामा घटाएकी हुन् ।
भुसाल यस क्षेत्रकी निवर्तमान सांसद समेत हुन् ।