३० असार २०८३, मंगलबार

काठमाडौं–६ मा घण्टीलाई शुरूआती अग्रता, ४० प्रतिशत मत घण्टीको पक्षमा

काठमाडौं–६ मा घण्टीलाई शुरूआती अग्रता, ४० प्रतिशत मत घण्टीको पक्षमा

काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले शुरूवाति अग्रता लिएका छन् । 

सोमबार विहानबाट शुरू भएको मतगणनामा १०० मत गन्दा शिशिर खनालको पक्षमा ४० मत आएको छ । उनले घण्टी चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भएका थिए । 

त्यसैगरी, एमालेका उम्मेदवार सर्वेन्द्र खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनाललाई पछ्याइरहेका छन् । सर्वेन्द्र खनालले २४ मत पाएका छन् । 

त्यसैगरी, सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कांग्रेसका नेता भीमसेनदास प्रधान तेस्रो स्थानमा छन् । उनले १८ मत मात्रै पाएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विष्णुप्रसाद आचार्यको पक्षमा १० मत आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्