०८ असार २०८३, सोमबार

कास्की– २ मा घण्टीको अग्रता कायमै, गठबन्धनका उम्मेदवार चौथो स्थानमा

कास्की– २ मा घण्टीको अग्रता कायमै, गठबन्धनका उम्मेदवार चौथो स्थानमा

नेकपा एमालेको गढ मानिने कास्की– २ मा नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले शुरूआती अग्रता कायम राखेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलले ५ सय ६१ मत पाउँदा नेकपा एमालेकी विद्या भट्टराईले ४  सय १७ मत पाएकी छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एसका श्रीनाथ बराल राप्रपाभन्दा पछि छन् । 

राप्रपाका सुवर्णराज पन्तले ३ सय ६० मत पाउँदा नेकपा एसका बरालले ३ सय २ मत पाएका छन् । 

२०७४ सालमा कास्की– २ मा एमालेका रवीन्द्र अधिकारी विजयी भएका थिए । 

रवीन्द्रको निधनपछि भएको उपनिर्वाचनमा एमालेकी विद्या भट्टराई विजयी भएकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्