२२ जेठ २०८३, शुक्रबार
मतगणना

अझै शुरू भएन शीर्ष नेताको निर्वाचन क्षेत्रमा मतगणना

अझै शुरू भएन शीर्ष नेताको निर्वाचन क्षेत्रमा मतगणना

मंसिर–४ मा भएको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुरू भइरहेको छ । निर्वाचन स्थगित भएका क्षेत्रबाहेक अन्यत्र धमाधम मतगणना शुरू हुन थालेका छन् । 

निर्वाचन आयोगले आइतबार राती ९ बजेबाट नै मतगणना शुरू हुने बताएको भए पनि आयोगले आइतबार दिउँसो जारी गरेको निर्देशनको कारण तोकिएको समयमा मतगणना शुरू हुन सकेको थिएन । 

आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको मत सँगसँगै गणना गर्न निर्देशन दिएपछि गणना ढिलोगरी शुरू भएको थियो । 

तर, सोमबार दिउँसोसम्म ठूला दलका शीर्ष नेताहरू उम्मेदवार रहेको निर्वाचन क्षेत्रको मतगणना भने शुरू हुन सकेको छैन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा–५ मा पनि मतगणना शुरू हुन सकेन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार रहेको डडेल्धुरामा पनि अझै मतगणना शुरू हुन सकेको छैन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार भएको गोरखा क्षेत्र नम्बर–२ को पनि मतगणना शुरू भएको छैन् । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उम्मेदवार रहेको रौतहटको क्षेत्र नम्बर–१ मा पनि अझै मतगणना शुरू भएको छैन् । रौतहट–१ मतमपेटिका संकलनको लागि तुलनात्मकरूपमा सहज मानिन्छ ।

रौतहटका मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनिले दिउँसो २ बजेबाट मात्रै मतगणना गर्ने गरी सर्वदलीय बैठकमा निर्णय भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्