
चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेले शुरूआती अग्रता लिएको छ ।
प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रोमा छन् ।
एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले १५० मत पाउँदा कांग्रेसका उमेश श्रेष्ठले ९७ र रास्वपाका रवि लामिछानेले २५ मत पाएका छन् ।
यो क्षेत्रमा रविले भारी मतान्तरले जित्ने एक्जिट पोलले देखाएको छ ।
अहिले इच्छाकामना गाउँपालिकाबाट मतगणना शुरू भएको हो ।