मंसिर ७, २०७९
राप्रपाले बाँके २ बाट जीतको खाता खोलेको छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले विजय हासिल गरेका हुन् । उनले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद ईश्तियाक राईले २३ हजार ...
सडक पहुँच नपुगेका हुम्ला र डोल्पामा यतिबेला हेलिकोप्टरले धमाधम मतपेटिका ओसारिरहेको छ । उस्तै हिमाली जिल्ला मुगुमा (जो हुम्ला र डोल्पाको बीचमा पर्छ) भने भरियाले अप्ठ्यारो बाटो छिचोल्दै मतपेटिका सदरमुकाम गमगढीतर्फ ल्याउँदैछन् । त्यो पनि झण्डै ४८ घण्टा लामो कष्टकर यात्रा पार गरेर ।
आइतबार शान्तिपूर्णरुपले मतदान सम्पन्न भएपनि मतपेटिका ढुवानीमा ढिलाइ हुँदा मुगुका निर्वाचन कर्मचारी त्रासमा छन् ।
‘डरलाग्दा भीरपाखामा आफ्नो र मतपेटिकाको सुरक्षा गर्दै कर्मचारी र भरियाहरु सदरमुकाम आउनुपर्ने अवस्था छ’, जिल्ला निर्वाचन अधिकारी विष्णु न्यौपानेले भने, ‘हेलिकोप्टरको लागि धेरै प्रयास गरिएको हो, तर निर्वाचन आयोगले मुगुलाई प्राथमिकतामा राखेन ।’
गमगढीमा सडक सञ्जाल जोडिए पनि त्यहाँका अधिकांश गाउँबस्तीमा अझैं मोटरबाटो पुगेको छैन । भीमकाय पहाड छिचोल्दै दैनिकी गुजार्नु आम सर्वसाधारणझैं निर्वाचन टोलीको पनि बाध्यता बनेको छ । अति विकट भूगोलका कारण यहाँका अधिकांश बाटोहरु अति साँघुरा छन् ।
निर्वाचन आयोगले चासो नदिँदा हेलिकोप्टरको पखाईमा बसेका सुरक्षाकर्मीरकर्मचारीको टोली निराश बनेको छ । जिल्ला निर्वाचन अधिकारी न्यौपानेले पैदल यात्राका कारण मतपेटिका र कर्मचारी/भरियाको सुरक्षामा चुनौति थपिएको बताए ।
उनका अनुसार सोरु गाउँपालिका–२ मा आइतबार एक जना मतदाताको भीरबाट लडेर घटनास्थलमै मृत्यु भयो ।
त्यस्तै निर्वाचन सामग्री लिएर मतदान केन्द्रतर्फ गइरहेका एक कर्मचारी सोरु गाउँपालिकामै भीरबाट लडेर घाइते भए । उनी सामान्य उपचारपछि काममा फर्किए ।
छायाँनाथ रारा नगरपालिकाबाहेक अन्य स्थानीय तहमा रहेका मतदानस्थलबाट मतपेटिका आइपुगेका छैनन् । एउटा मतदान केन्द्रमा चारवटा पेटिका (बाकस) हुन्छन् । ती बोक्नलाई चार जना भरिया आवश्यक पर्छ । मुगुमा अस्थायीसमेत गरी ६७ मतदान केन्द्र छन् ।
मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले आयोगले हिउँ परेका जिल्लाका मतपेटिका ढुवानीमा प्राथमिकता दिएका कारण हेलिकोप्टर पाउन नसकेको बताए । ‘सबैतिरबाट नआई मतगणना शुरु हुने कुरा भएन, मतपेटिका आउन भोलिसम्म समय लाग्छ नै’, उनले भने, ‘निर्वाचन आयोगले अन्य जिल्लाको मतपेटिका ढुवानी गरेपछि मात्र यहाँ पठाउने भनेपछि हामीले भरियाबाटै ओर्सान थालेका हौं ।’
राप्रपाले बाँके २ बाट जीतको खाता खोलेको छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले विजय हासिल गरेका हुन् । उनले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद ईश्तियाक राईले २३ हजार ...
नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । पर्सा क्षेत्र नं-४ बाट उनी विजयी भएका हु्न् । रिजालले ३१ हजार १४२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमाले नेता जालिम मिय...
काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्ने भएकी छिन् । भ्रमणका अव...
प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट एमालेका उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीबाट विजयी उनी नेकपा विभाजनपछि एमालेतिर लागेका थिए । उनै रायमाझीले बुधबार राति सम्...
रुपन्देही क्षेत्र नम्बर-२ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । १७ हजार ६३२ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । गिरीसँग पराजित भएका सत्ता गठबन्धनबाट उम्मेदवार बनेका...
काठमाडौं,२४ मंसिर– भक्तपुरको निर्वाचन क्षेत्र नंबर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका महेश बस्नेत विजयी भएका छन् । उनले ३६ हजार ४ सय १२ मत पाप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...