२३ जेठ २०८३, शनिबार

मनाङमा कांग्रेसले लियो अग्रता

मनाङमा कांग्रेसले लियो अग्रता

मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको मतगणनामा नेकपा (एमाले)का पोल्देन छेवाङ गुरुङलाई उछिन्दै टेकबहादुर गुरुङले अग्रता लिएका हुन्। 

    चार हजार ६७ मतगणना हुँदा कांग्रेसका गुरुङले दुई हजार एक सय १८ मत प्राप्त गरेका छन् भने एमालेका गुरुङले एक हजार नौ सय २९ मत प्राप्त गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मुखिया गुरुले पाँच मत प्राप्त गरेका छन् भने हालसम्म १५ मत बदर भएको छ । जिल्लामा ४ हजार ८ सय ४५ खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्